३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको कहिल्यै देखेको छैन



अ+ अ-

एजेन्सी । बंगलादेश र श्रीलंकाबीच सोमबार भएको विश्वकप २०२३ को ३८ औँ खेल विवादले भरिएको छ । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ५३ बल बाँकी रहँदै ३ विकेटले पराजित गर्यो ।

तर, अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा ‘टाइमआउट’ हुने पहिलो क्रिकेटर बनेका एन्जेलो म्याथ्युजका कारण यो खेल चर्चाको केन्द्र बनेको छ । समय ढिलोका कारण आउट भएपछि एन्जेलो म्याथ्युज निकै निराश थिए । उनले अम्पायर र विपक्षी टोलीसँग धेरै कुरा गरे तर निराश भएर पेभिलियन फर्किनुपरेको थियो ।

त्यसपछि बलिङमा एन्जेलो म्याथ्युजले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए । म्याथ्युजले नजमुल हुसेन शान्तो र बंगलादेशका कप्तान शकिब अल हसनलाई आफ्नो शिकार बनाए । तर, उनको प्रयास पर्याप्त भएन र श्रीलंकाले हार बेहोर्नुपरेको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा एन्जेलो म्याथ्युजले बंगलादेशको आलोचना गर्दै उनले आफ्नो १५ वर्षको अन्तर्राष्ट्रिय करियरमा कुनै पनि टोली यति तल गिरेको नदेखेको बताए ।

‘मैले कुनै गल्ती गरेको छैन । मसँग क्रिजमा पुग्न र आफूलाई तयार गर्न दुई मिनेट थियो । मैले ठ्याक्कै यो गरें तर उपकरणमा समस्या अगाडि आयो । मलाई थाहा छैन सामान्य ज्ञान कहाँ गयो, तर शकिब अल हसन र बंगलादेशले धेरै खराब गरे । उनी यस्तै क्रिकेट खेल्न चाहन्छन् । यति तल्लो तहमा उभिन मन छ । मलाई लाग्छ केहि गलत छ ।’ उनले भने ।

उनले अगाडि भने ‘म ढिलो हुने थिए यदि मैले दुई मिनेट भन्दा बढी लिएको भए । कानूनमा लेखिएको छ कि तपाई दुई मिनेट भित्र तयार हुनुहोस् । म ४०–४५ सेकेन्डमा क्रिजमा पुगें । मेरो हेलमेट टुट्यो र मसँग अझै पाँच सेकेन्ड बाँकी थियो । अम्पायरहरूले हाम्रा प्रशिक्षकलाई मेरो हेलमेट फुटेको नदेखेको बताए । मेरो मतलब मैले मेरो हेलमेट मागेको थिएँ ।’

खेलपछि श्रीलंका र बंगलादेशका खेलाडीले हात समेत मिलाएनन् ।