२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कति छ कोहलीको सम्पत्ति ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहली आज ३५ वर्षका भएका छन् । फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आफ्नो विस्फोटक ब्याटिङ र ‘फुर्तिलो’का अलावा ‘किंग कोहली’ मैदानबाहिर पनि धेरै हेडलाइन बनाउँछन् । कोहली कमाईको हिसाबले पनि राजा हुन् ।

विराट कोहलीको कुल सम्पत्ति यो वर्ष १००० करोड नाघेको छ । यस्तो अवस्थामा कोहलीको जन्मदिनको अवसरमा के तपाईलाई थाहा छ कोहलीले कसरी र कहाँबाट कमाउँछन् ?

३५ वर्षीय विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो । किंग कोहली विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन्, जसले आफ्नो करियरमा धेरै रेकर्ड तोडेका छन् । किंग कोहलीको कुल सम्पत्ति करिब १०५० करोड रुपैयाँ छ ।

कोहलीले सन् २००८ मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र त्यसबेलादेखि अहिलेसम्म तीनवटै फर्म्याटमा खेल्दै आएका छन् । एमएस धोनीको सन्यासपछि सन् २०१७ मा उनलाई भारतीय टोलीको कप्तान बनाइएको थियो । त्यसपछि पनि उनले लगातार टीम इण्डियाका लागि कीर्तिमान बनाइरहेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो अनुबन्ध सूचीमा विराट कोहलीलाई ‘ए प्लस’ श्रेणीमा राखेको छ । उनले बोर्डबाट वार्षिक ७ करोड रुपैयाँ ठेक्का पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई एक टेस्ट खेलेको १५ लाख, एक एकदिवसीय खेलबापत ६ लाख र एउटा टी–२० खेलबापत ३ लाख रुपैयाँ दिनेछ ।

कोहली विज्ञापनदाताहरूको मनपर्ने व्यक्तित्व हुन् । उनले १८ वटा भन्दा बढी ब्रान्डको विज्ञापन गर्छन् । विराटले हरेक विज्ञापनको सुटिङ वापत वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।

कोहलीको भारतमा धेरै विलासी सम्पत्तिहरू छन् जसमा घर र अपार्टमेन्टहरू पनि छन् । कोहलीसँग मुम्बईको वर्ली क्षेत्रमा एउटा विलासी अपार्टमेन्ट छ, जुन उनले २०१६ मा करिब ३४ करोड रुपैयाँमा किनेका थिए ।

यससँगै कोहलीसँग गुरुग्रामको पोश क्षेत्र डीएलएफ फेज–१ मा एउटा घर पनि छ, जुन उनले २०१५ मा करिब ८० करोड रुपैयाँमा किनेका थिए । विराट कोहलीलाई लक्जरी कारहरूको शौकीन मानिन्छ र पछिल्ला केही वर्षहरूमा उनले धेरै महँगो कारहरू किनेका छन् जसमा अडी R8 V10 प्लस, अडी R8 LMX, अडी A8 L, अडी Q8, अडी S5 जस्ता कारहरू छन् ।