१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कलेजोको क्यान्सरले श्रीमान् र रगतको क्यान्सरले छट्पटिँदै श्रीमती…



अ+ अ-

काठमाण्डौ । गणतन्त्रमा गाँस, बास र कपासको कारण कुनैपनि गरीवले दु:ख पाउँदैन । अनि उपचार नपाएर कोहि गरीवले अकालमा मर्न पर्दैन भनेर ठुला ठुला सपना देखेका थिए । तर साँच्चिकै त्यो त सपना नै रहेछ । वास्तविकता होइन रहेछ ।

ठुला भनाउँदा नेताहरु अलिकति विरामी पर्दा देशका महंगा अस्पतालमा उपचार गराउँछन् । त्यहाँपनि नभए विदेशका महंगा अस्पतालमा तिनै गरीव जनताले गाँस कटाएर तिरेको करबाट महंगो उपचार गरेर ठुला रोगबाट पनि उनीहरु बाँचेका छन् ।

तर विडम्वना, गरीविकै कारण उपचार खर्च जुटाउन नसक्दा राजधानीकै सुन्दरीजलका तामाङ्ग दम्पत्ति भने अन्तिम सास गन्दै छोरीहरुको डेरा कोठा चहार्दै काल कुरेर बसिरहेको देख्दा मन नै चसक्क हुन्छ । राजधानीमै घरवास हुने सर्वसाधारण उपचार खर्चको अभावमा अकालमा मर्नको लागि काल कुरेर बस्नुको विकल्प छैन भने दुरदराजका गरीव जनताको अवस्था कस्तो होला ? सिधै अनुमान गर्न सकिन्छ ।

काठमाण्डौ जिल्लाको उत्तर पुर्वी गाउँ ओख्रेनी,सुन्दरीजलका ६४ वर्षिय श्रीमान शंकर तामाङ्ग यतिखेर कलेजोको क्यान्सरले ८ महिनादेखि थलिएर अन्तिम सास गनिरहेका छन भने उनकी ५४ वर्षिया श्रीमती दमुमाया तामाङ्ग रगतको क्यान्सरले थलिएर डेढ वर्षदेखि पाटन अस्पतालमा उपचाररत छिन् । त्यसमाथि अहिले उनलाई स्वाशप्रस्वासको समस्या पनि थपिएको छ ।

तामाङ्ग दम्पत्तिका पाँचजना विवाहिता छोरीहरु संगिता, उर्मिला, मनु, मञ्जु र अञ्जु छन् । उनीहरु पालैपालो आफ्ना विरामी बाबुआमालाई अस्पताल लैजाने ल्याउने, स्याहार र रेखदेख गर्ने गर्छन । छोरा भएको भए बाआमाको यत्तिको स्याहार के गर्थे होलान र ? छोरीहरुको निश्वार्थ सेवा भाव देखेर विरामी आमा गहभरी आँसु पार्छिन ।

यतिखेर शंकर आफ्नी साँहिली छोरी मनु तामाङ्गको घर सुन्दरीजलमा अन्तिम सास फेरिरहेका छन भने दमुमाया पाटन अस्पतालको हेमाटोलोजी विभागको एउटा शैय्यामा छट्पटाईरहेकी छिन् ।

‘ब्लड क्यान्सर त छँदैछ, आमालाई अहिले निमोनिया पनि देखिएर भर्ना गरेको’—जेठी छोरी गहभरी आँसु पार्दै भन्छिन् । दमुमाया स्याँस्याँ गर्दै सकि नसकि खोक्छिन् अनि छोरीको मलीन अनुहारतिर हेर्छिन ।

डेढवर्षको अवधिमा आफ्ना बाबुआमाको उपचारको लागि तामाङ्ग दम्पत्तिका छोरीहरुले आफन्त नातागोता र चिनेजानेकाहरुबाट नगन्य मात्रै सहयोग पाए । त्यतिले क्यान्सरजस्तो महंगो रोगको उपचार संभव नभएर सुन्दरीजलको डाँडामा रहेको आफ्ना बाबुको पुख्र्याैली २ रोपनी पाखो बारी पनि बेचिसके ।

गाउँको कटेरोमा आमा बाले पालेका बाख्रा, कुखुरा सबै बेचिसके । अब बेच्न बाँकी त्यहि कटेरोले चर्चेको अलिकति करेसाबारी मात्र बाँकी छ । छोरी ज्वाईँको सामान्य कमाईले क्यान्सरको उपचार के पुग्थ्यो ? पाँचैजना छोरीहरुले हरेस खाइसके । ‘उपचार नगरौं आफुहरुलाई जन्म दिने बाबुआमा, गरौं बलबुता र सम्पत्ति सकिइसक्यो ।’ तामाङ्ग दम्पत्तिका छोरीहरुको मलीन अनुहारले बाबुआमाप्रतिको दायीत्व र गरीविले नतमस्तक भएको जनाउँछ । तैपनि उनीहरु ऋणधन गर्दै बाबुआमाको उपचार गर्दैछन् ।

क्यान्सर रोगको उपचारको लागि सरकारले दिने सहयोग नाम मात्रैको छ । त्यो रोगसंग सम्वन्धित प्रयोगशाला परीक्षण शुल्क अत्यन्तै महंगो छ । सर्वसाधारणलाई खर्च जुटाउन हम्मे हम्मे पर्छ ।

यसैवीच पाटन अस्पतालमा उपचाररत दमुमायालाई अमेरिकाबाट वरिष्ठ क्याप्टेन पाइलट सुदिप रिजालले बिहीबार १० हजार रुपैयाँ सहयोग गरेका छन् भने कल्पना थापाले ५ हजार दिएकी छिन् ।