२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको बताउनु भएको छ ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतको अवसरमा महासंघद्वारा आयोजित शुभकनमा आदान प्रदान कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको बताउनु भयो । अध्यक्ष ढकालले समन्वयात्मक रूपमा अघि बढे अर्थतन्त्र सुधारको चरणमा प्रवेश गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अर्थतन्त्रका बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रूपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं। किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ। सञ्चितिसँगै चालु खाता र शोधानान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ। रेमिट्यान्सले बजार चलायमान बनाइराख्ने नै छ।’

अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउन प्रधानमन्त्री सकारात्मक भएको र त्यसमा सबै क्षेत्रको प्रतिनिधित्व हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘अर्थतन्त्रका बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रूपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं। किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ। सञ्चितिसँगै चालु खाता र शोधानान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ। रेमिट्यान्सले बजार चलायमान बनाइराख्ने नै छ।’

ढकालले अर्थतन्त्र सुधार भएमा बैंक तथा वित्तीय संस्था लगानीका लागि तयार रहेकोबताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थासँग अहिले पाँच खर्ब रुपैयाँ रहेको रअर्थतन्त्रमा सुधार भए ब्याजदर कमी हुँदै जाने तर त्यसा लागि नीतिगत सुधार र स्थायित्व भने कायम हुनुपर्ने बताउनु भयो ।