काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु हटाउने निर्णय गरेको छ । कतारको केन्द्रिय बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तिबाट कतारी रियाल नोटहरु निष्काशन गर्ने भएको हो ।
त्यसकारण आफुसँग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंकिक विभागमा सटही गर्न बैकले सूचना जारी गरि सबैलाई अनुरोध गरेको छ ।
साथै यस बैंकका प्रदेशस्थित कार्यलयहरु, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त भएका मनिचेञ्जरहरुबाट पनि सटही गर्न सकिने बैंकले जानकारी दिएको छ । बैकले तोकिएको मिति पश्चात यस बैंकलगायत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरु नोट सटही गर्न बाध्य नहुने बताएको छ ।