२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सपनामा यी ५ कुरा देख्नुभयो भने बुझ्नुहोस् शुभ समय आउनै लागेको छ



अ+ अ-

एजेन्सी । सुतिरहेको बेला सपना देख्नु सामान्य कुरा हो र सबैले पक्कै पनि सपना देख्छन् । केही सपनाहरू हामी उठ्ने बित्तिकै बिर्सन्छौं र केही सपनाहरू हाम्रो दिमागमा दिनभर रहन्छन् । धेरै पटक हामी सपनाको अर्थ जान्न उत्सुक हुन्छौं । तर के तपाईलाई थाहा छ हरेक सपनाको पछाडि राम्रो वा नराम्रो संकेत लुकेको हुन्छ ? हो, सपना विज्ञानका अनुसार हरेक सपनाले केही न केही बोल्छ र सपनामा देखिएका कुराले तपाईको भविष्यलाई संकेत गर्छ ।

जानौं यस्ता ५ सपनाका बारेमाः
सपनामा धेरै पानी परेको देख्नुभयो भने यो शुभ संकेत हो । सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको जीवनमा रहेको आर्थिक समस्या छिट्टै समाप्त हुँदैछ । यसका साथसाथै आम्दानीका नयाँ स्रोतहरू पनि उपलब्ध हुनेछन् र आम्दानीमा वृद्धि हुनेछ ।

सपना विज्ञानका अनुसार यदि कुनै व्यक्तिले सपनामा सेतो हात्ती देखेमा यो राम्रो समयको संकेत पनि हो । यो सपनाले तपाईलाई छिट्टै आर्थिक लाभ हुने बताउछ जसले तपाईको भाग्य बदल्नेछ ।

धेरै पटक हामीले सपनामा मन्दिर देख्छौं र सपना विज्ञानका अनुसार मन्दिर देख्दा पनि विशेष संकेत मिल्छ । यदि कसैले सपनामा मन्दिर देख्यो भने यो निकै शुभ मानिन्छ । यसको अर्थ कुबेर भगवानले तपाईमाथि आशिर्वाद दिनुहुनेछ र तपाईलाई आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।

सपनामा कमिला देख्नु पनि शुभ मानिन्छ । यो सपनाले आगामी दिनमा तपाईको सबै काम सफल हुने संकेत गर्दछ । लामो समयदेखि रोकिएको कुनै काम पूरा हुनेछ र कतै अड्किएको पैसा छिट्टै फिर्ता हुनेछ ।

यदि कुनै व्यक्तिले सपनामा आफूलाई रुखमा चढेको वा उचाइमा चढेको देखेमा यो सपना पनि शुभ मानिन्छ । सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको कार्यक्षेत्रमा पदोन्नति हुन लागेको हो । व्यापार गर्नुहुन्छ भने आगामी दिनमा नाफा कमाउनुहुनेछ ।