९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्लोकवाचिका सरु गुरागाईंको क्यान्सरको शल्यक्रिया सफल



अ+ अ-

मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको छ ।

श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत सरूको घाँटी वरिपरी र थाईरोईडमा भएको क्यान्सरको टिस्युहरू शल्यक्रिया मार्फत झिकिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाँटीमा लगभग एक बित्ता लामो चोट छ जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरू सहित ट्यूमर निकालिएको थियो र घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। “पहिलेभन्दा धेरै सहज भैसकेको छ। खान बोल्न सामान्यतया समस्या छैन। बाँकी उपचार के कस्तो हुन्छ यो सबै आउने दिनमा थाहा हुनेछ”, उहाँले भन्नुभएको छ । संसारभरबाट सरूको स्वास्थ्यलाभको लागि व्यक्त गर्नुभएको शुभकामना र प्रार्थनाले हामीलाई यो कठिन परिस्थितिबाट निस्कने शक्ति प्रदान गरेको छ उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “प्रार्थनामा शक्ति हुन्छ ।

यो पनि पढ्नुहोस- श्लोक वाचिका सरु गुरागाईंको यस्तो छ पछिल्लो स्वास्थ्य अबस्था

यहाँहरूले हामीलाई यति धेरै ऋण लगाउनुभयो कि हामी यो जुनीमा त तिर्न सक्दैनौँ होला तर तिर्ने कोशिस गरिरहनेछौँ। सबभन्दा धेरै त भावनात्मक सहयोगको ऋणी छौँ।” यो असहज परिस्थितिलाई थोरै सहयोग हुन्छ कि भनेर सञ्चालन गरेको गोफन्डमीमा सोचेभन्दा धेरै शुभचिन्तकले दिनुभएको आशीर्वादले पक्कै पनि सहज बनाउनेछ भन्दै श्रीमान् मुरारीले गोफन्डमी अबको केही समय पछि बन्द गर्ने जानकारी गराउनुभएको छ ।

स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि अमेरिकामा उपचाररत गुरागाईंलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो । सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि गो फन्डमी मार्फत आग्रह गर्नुभएको थियो । आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूबमा धारावाहिक प्रसारण गरेपछि उनलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ । नमस्कार जीवनमा कल्पना नगरेको कठिन परिस्थितिसँग जुधिरहेको बेला हजुरहरूको अपार माया सद्भाव र सहयोग पाएकोमा भावविभोर हुँदै हाम्रा सबै दुःख बिर्सिएर यहाँहरूप्रति नतमस्तक छौँ ।

संसारभरबाट सरूको स्वास्थ्यलाभको लागि व्यक्त गर्नुभएको शुभकामना र प्रार्थनाले हामीलाई यो कठिन परिस्थितिबाट निस्कने शक्ति प्रदान गरेको छ । भनिन्छ, प्रार्थनामा शक्ति हुन्छ । यहाँहरूले हामीलाई यति धेरै ऋण लगाउनुभयो कि हामी यो जुनीमा त तिर्न सक्दैनौँ होला तर तिर्ने कोशिस गरिरहनेछौँ। सबभन्दा धेरै त भावनात्मक सहयोगको ऋणी छौँ। संसारभरीबाट यति धेरै चिन्ता भयो कि केहि दिन सम्म त हामीले कसैसित सम्पर्क नै गर्न कठिनाई भयो। लाखौँ कलहरू थिए। धेरै जिज्ञासाहरू थिए जसको उत्तर हामीसँग पनि थिएन। सुभेच्छा व्यक्त गर्न , सरूको स्वास्थ्यलाभको कामना गर्न , आशीर्वाद दिन यहाँहरूले धेरै फोन, मेसेज तथा सामाजिक सञ्जालमा सम्पर्क गर्न कोशिश गर्नुभएको थियो, सबैसँग कुरागर्ने मन भएर पनि मैले बेफुर्सदीको कारण उत्तर दिन नसकेको परिस्थिति बुझिदिनुभएकोमा पनि हजुरहरू धन्यवादको पात्र हुनुहुन्छ ।अझै पनि हामीसँग सबै प्रश्नहरूको उत्तर छैन। बिस्तारमा आउने नै छन्।

सरूको घाँटी वरिपरी र थाईरोईड मा भएको क्यान्सरको टिस्युहरू शल्यक्रिया मार्फत झिकिएको छ। घाँटीमा लगभग एक बित्ता लामो चोट छ जहाँबाट त्यहाँ भएका लिम्फ नोडहरू सहित ट्यूमर निकालिएको थियो। घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। खान बोल्न सामान्यतया समस्या छैन। बाँकी उपचार के कस्तो हु्न्छ यो सबै आउने दिनमा थाहा हुनेछ। हामीले यो असहज परिस्थितिलाई थोरै सहयोग हुन्छ कि भनेर सञ्चालन गरेको गोफन्डमीमा सोचेभन्दा धेरै शुभचिन्तकले दिनुभएको आशीर्वादले पक्कै पनि सहज बनाउनेछ। भविष्यमा फेरि कहिल्यै पनि यस्तो सहयोग को लागि अनुरोध गर्नुपर्ने परिस्थिति नबनोस् भन्ने भगवानसित प्रार्थना गर्छु ।

यहाँहरूले हामीप्रति दर्शाउनुभएको अपार माया र सद्भावको निम्ति पुनः धन्यवाद ज्ञापन गर्दै अहिलेको यो गोफन्डमी अबको केही समय पछि बन्द गर्ने जानकारी गराउँछु । पुनः यहाँहरू सबैप्रति आभारी छौं। अनुग्रहीत छौं। हार्दिक धन्यवाद