२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना



अ+ अ-

काठमाडौँ । एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिनुभएको छ ।

मंगलबार दिउँसो शीतल निवासमा राष्ट्रपति पौडेलले एसिया कप खेल्न भोलि पाकिस्तान प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिनुभएको हो ।

यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलले बताउनु भयो ।

नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको राष्ट्रपति पौडेलको भनाई छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय रहेको बताउँदै राष्ट्रपति पौडेलले उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न खेलाडीहरुको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नै पशुपतिनाथ पुगेर दर्शन पनि गरेका थिए । एसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।