१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तरल अक्सिजन आयात गर्ने तयारी



अ+ अ-

काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।

भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायले भने, “महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र  सहजीकरण गर्न खोजेको हो, हामीले सीधै खरिद गर्न मिल्दैन  । आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन पहल गर्छौं ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।