१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर नेपाल प्रहरीद्वारा संकलन



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।