१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसईई र कक्षा १२ को परीक्षाको नयाँ मोडालिटी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले  कक्षा १० को  माध्यमिक  शिक्षा  परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा   बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । 

बोर्डले जेठ  १३  गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा  १२  को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । 

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको  छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन  र्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गरिने जानकारी दिए । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।