१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनबाट नेपालमा दैनिक अक्सिजन सिलिन्डर आयात हुँदै



अ+ अ-

काठमाडौं । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए । उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो  पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा  आयात  भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस  सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले  बताए ।  सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश  शेर्पाका अनुसार चिनियाँ  क्षेत्रमा नेपाली न्यापारीले  हजारौँ सङ्ख्यामा अक्सिजन   सिलिन्डर   ल्याउन लागेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।