१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।