१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस



अ+ अ-

काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिए ।

कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उनले बताए । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ । खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताए ।

महाशाखाले जनाएअनुसार बिहीबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुन थालेको छ । त्यस्तै तराईसहितका केही भेगमा उच्च वेगको हावाहुरी आएको छ ।शुक्रबार यी प्रदेशमा भारीदेखि अति भारी वर्षा र उच्च हावाहुरी आउने आकलन गरिएको छ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने छ । 
प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका उच्च हिमाली भेगमा भारी हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शनिबार मध्याह्नसम्म हल्का वर्षा र बदलीको अवस्था रहने र त्यसपछि मौसम सुधार हुने जनाइएको छ ।

पूर्व–मनसुन र चक्रवातको समय भएकाले यस अवधिमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ । नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज कोभिसिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।

कोभिसिल्ड खोप भारतले नदिने भएपछि एस्ट्राजेनिकाको फर्मुलामा बनाइएका अन्य खोप पनि उपयुक्त हुने सुझाव छ । एस्ट्राजेनिका फर्मुलामा भारतबाहेक बेलायत, कोरियामा उक्त खोप उत्पादन हुने गर्दछ ।  कम विकसित, विकासशील, विकासोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप तीन लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।