१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घोराही सिमेन्टको आइपिओ आइतबारसम्म सच्याउन सकिने



अ+ अ-

काठमाडौँ । घोराही सिमेन्टको आइपिओ भरेकाहरुले आवेदन सच्याउन शुक्रबारदेखि आइतबारसम्मको समय दिईएको छ ।

सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एक सूचना जारी गर्दै आवेदन सच्याउन समय तोकेका हुन्।

लगानीकर्ताले आफ्नो सिआस्वा सदस्य, बैंक तथा वित्तिय संस्थामा लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन्।

बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ अर्ब ६१ करोड रकमको आवेदन स्वीकृत होल्ड भएर बसेको छ । कम्पनीको सेयर शुक्रबारदेखि पुन: चाँडोमा असार २४ र ढिलोमा असार ३१ गतेसम्मको लागि निष्कासन गरिएको छ।

उक्त कम्पनीको क्रेटिङ रेटिङ र आइपिओको आवेदनमा फर्जी आवेदन हालेको पाइएपछि नेपाल धितोपत्र बोर्डले निष्कासन रोक्का गरेको थियो। । कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो।