१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् ।

गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।यसैगरी, गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई समेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले पठाएको पत्रलाई सोमबार अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसमक्ष पेस गर्ने जानकारी अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति कार्यालयलाई गराएको छ । साथै विदेश मन्त्रालयले नेपालले भोगिरहेको कोरोनाको समस्याका विषयमा अमेरिका जानकार रहेको र आवश्यक सहयोगका लागि सकरात्मक रहेको सन्देशसमेत दिएको छ ।

राष्ट्रपति भण्डारीले गत बुधबार दिउँसो उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी चिनफिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै टेलिफोन गरेकी थिइन् । यो समाचार राजधानी दैनिकमा छ ।