२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइन: अध्यक्ष तिमिल्सिना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किने गरेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताउनु भयो ।

उहाँले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गर्नुभयो । उहाँले संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्देशन कार्यान्वय गर्नेहरु अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । उहाँहरु सबै यतातिरको हो, हामी त गरिहाल्थ्यौँ भन्ने छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिंगो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन ।’

‘यसैले जन्माएको र भोलि फेरि यहीँको धेरै हुने हो, मन्त्री, प्रधनमन्त्री कति समय हुन सक्नुहुन्छ । समितिमा, संसदमा अरु काम छोडेर यहाँ आउँ भन्ने उत्सुकता, जागरुकता कम देखेको छु । मन्त्रीहरुमा । बाहिर काम छ भने मेरो बाहिर छ भनेर सकभर यहाँबाट उम्कनै खोज्ने गर्नुहुन्छ । त्यो प्रवृत्ति संसदीय प्रणालीको राम्रो होइन । संसदीय पक्षधर्ता हौँ भन्ने हो भने पक्षधर्ताले संसदलाई बलियो बनाउने हो । रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसदमा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।