२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बजेटको अभावमा नेपाली सेनाले जिम्मेवारी पाएको सडक निर्माण कार्य समयमै सम्पन्न भएन: मन्त्री खड्का



तस्बिर: रासस
अ+ अ-

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो स्पष्टिकरण दिनु भएको हो ।

उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाई थियो । उहाँले सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सरकारले जलविद्युत आयोजना निर्माण कार्यमा पनि नेपाली सेनालाई परिचालन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई परिचालन गर्दै लैजाने नीतिलाई निरन्तरता दिने बताउनु भयो ।

उपप्रधानमन्त्री खडकाले भन्नु भयो, ‘सेनाले जिम्मा लिएका सडकहरुको सम्पन्न गर्ने कुराको जुन प्रश्न छ । कतिपय सन्दर्भमा हाम्रो अर्थतन्त्रको सिमितताको कारण बजेट अभावको कारणले पनि सेनाले सम्पन्न गर्न चाहँदाचाहँदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका पनि छन । अव जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ । । र, त्यहाँ सडक विभाग अन्तरगत पनि काम भईरहेको अवस्था छ । हुम्ला सदरमुकाम पुग्ने सन्दर्भमा सेनाको तर्फबाट लिइएको जुन जिम्मेवारी छ । त्यसलाई तोकिएकै समयमा पूरा गर्ने कुरा म सम्माननीय सभामुखमार्फत माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यक्तालाई ध्यानमा राखेर सेनालाई घटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ । सोही आवश्यक्ता अनुसार भविष्यमा पनि त्यो बारेमा निर्णय हुने व्यहोरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले नेपाली सेना आफूले पाएको सडकहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न प्रतिवद्ध रहेको समेत बताउनु भयो ।