काठमाडौं । हामीले खाने दैनिक फलफुलले अक्सिजन बढाउने काम गर्छ । फलफुलले यसै पनि स्वास्थ्यका लागि लाधदायक हुन्छ । तर अहिले देशभरी नै कोरोना महामारी फैलिएको अवस्थामा फलफुलले तपाईको शरीरमा अक्सिजन बनाउनको निम्ति अहम भुमिका खेल्छ । त्यसैले यस्ता फलफुलहरुलाई तपाईको दैनिकिमा समावेश गर्नुस् ।
अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ । अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ भने अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।
यस्ता रहेका छन् अक्सिजन बढाउन मद्दत गर्ने फलफुलहरु :
भुइँकटरः भिटामिन ए, बी, सीले भरपुर भुइँकटरबाहेक नासपाती र किसमिसको पनि पिएच भ्यालू ८.५ हो । यो एन्टी अक्सिडेन्ट फलले रगतलाई नियन्त्रित गरेर रक्तचाप कम गर्न सक्छ ।
भेडेखुर्सानीः ८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।
कागतीः एसिडिक कागती अक्सीजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी साबित हुन्छ ।
खरबुजाः ९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमी पूरा हुन्छ ।
मेवाः मेवासहित आँपमा पनि पिएच भ्यालू ८।५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।
किवीः रगतमा अक्सिजनको स्तर बढाउनका लागि किवी र फ्रुट जुस खानामा समावेश गर्नुहोस् ।
आरुः फाइबरले भरपुर आरुको पिएच भ्यालू ८ हो । रगतमा अक्सिजनको स्तर बढाउनका लागि निश्चित रुपमा आरुको सेवन तपाईंका लागि फाइदाजनक हुन्छ ।
गाजरः रगतमा अक्सिजनको कमीलाई पूरा गर्नका लागि एन्टी अक्सिडेन्टयुक्त गाजर, खजुर, पाकेको केरा, लसुन खानुहोस् । (एजेन्सीको सहयोगमा)