२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१५ वर्षअघि लेखेको प्रेमपत्र, अहिले सजाय



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । भारतको उत्तरप्रदेशको बांदा जिल्लामा १५ वर्षअघि एक केटाले केटीलाई प्रेमपत्र लेखेका थिए । त्यो चिठी केटीको आमालाई पुग्यो । यस विषयमा बालिकाकी आमा अदालत पुगिन् । ती केटा नाबालिग थियो र स्कूलमा पढिरहेको थियो ।

प्रहरीमा दिएको उजुरीमा बालिकाकी आमाले केटाले छोरीलाई अश्लिल चिठ्ठी लेखेको र यौन दुर्व्यवहार गरेको बताएकी छन् । प्रहरीले मुद्दा दर्ता गरेपछि मुद्दा अदालतमा गयो ।

मुद्दामा सुनुवाइ स्थगित भइरह्यो । अदालतमा हाजिरी हुन थाल्यो र न्यायाधीश पनि फेरबदल हुँदै गए । तर कसैले हार मानेनन् । यो घटना मे २१ मे २००८ को हो । फैसला नआएसम्म यो मुद्दामा ७०–८० मिति चढिसकेको थियो ।

मुद्दाबाट दिक्क भएर केटाले अदालतमा आफू अब उपस्थित हुन नसक्ने बताए । न्यायाधीशले ती पुरुषलाई एक वर्ष अदालतमा हाजिर हुन र तीन हजार रुपैयाँ जरिवाना तोकेका । सजाय पाएका पुरुष एक वर्षसम्म अभियोजन अधिकारीको निगरानीमा रहनेछन् ।