१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पञ्जाव किंग्स लगातार नौ सिजन लिग चरणबाटै बाहिर, गुजरात र हैदरावादको भरोसामा राजस्थान



अ+ अ-

एजेन्सी । राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई आईपीएलबाट समूह चरणबाटै पाखा लगाएको छ । शुक्रबार भएको खेल राजस्थानले चार विकेटले जितेको हो । राजस्थानले भने आफ्नो प्लेअफको झिनो आशा जीवित राख्यो ।

अर्कोतर्फ, पन्जावको टोली लगातार नवौं सिजन लिग चरणबाटै बाहिरिएको छ । पञ्जाव अन्तिम पटक २०१४ मा प्लेअफमा पुगेको थियो । जसमा उ उपविजेता भयो । आईपीएलको १६ सिजनमा पञ्जाव दुई पटक मात्र लिग राउण्डभन्दा अगाडि बढ्न सफल भयो । सन् २००९ मा उ सेमिफाइनलमा पुगेको थियो ।

राजस्थानलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । ध्रुव जुरेल र ट्रेन्ट बोल्टले पहिलो तीन बलमा चार रन बनाए । यसपछि जुरेलले चौथो बलमा छक्का हानेर खेलको अन्त्य गरे ।

राजस्थानका कप्तान सञ्जु सामसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पञ्जावले २० ओभरमा पाँच विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८९ रन बनायो । राजस्थानका लागि देवदत्त पडिक्कलले सर्वाधिक ५१ रन बनाए । यशस्वी जैसवालले ५० र शिमरोन हेटमायरले ४६ रन बनाए । रायन परागले १२ बलमा २० र ध्रुव जुरेलले चार बलमा अविजित १० रन बनाए ।

कप्तान सञ्जु सामसनले मात्र दुई रन बनाउन सके । साथै जोस बटलरको खराब फर्म जारी रह्यो र उनले खाता खोल्न सकेनन् । पञ्जावका कागिसो रबाडाले दुई विकेट लिए । साम करण, अर्शदीप सिंह, नाथन एलिस र राहुल चाहरले एक एक विकेट लिए ।

पञ्जावको कुरा गर्दा शाहरुख खान र साम करणले अन्तिम ओभरमा द्रुत रन बनाएर टोलीलाई १८० रनभन्दा माथि पुर्याएका थिए । अन्तिम दुई ओभरमा दुवैले मिलेर ४६ रन बनाए । साम करणले ३१ बलमा अविजित ४९ रन बनाए ।

जितेश शर्माले ४४ र शाहरुख खानले २३ बलमा अविजित ४१ रन बनाए । अथर्व तायडेले १९ र शिखर धवनले १७ रनको योगदान दिए । लियाम लिभिङस्टोनले ९ र प्रभसिमरन सिंहले २ रन बनाए । राजस्थानका लागि नवदीप सैनीले सर्वाधिक ३ विकेट लिए । उनले अथर्व तायडे, लियाम लिभिङस्टोन र जितेश शर्मालाई आउट गरेका थिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक एक सफलता हात पारे ।