१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक जना तटस्थ बसे । 

मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै अब प्रदेश प्रमुखले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्नेछ । प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहितको दाबी पेस गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । 

विश्वासको मतमाथि बिहीबार मतविभाजन हुँदा विपक्षमा पनि बहुमत पुगेको थिएन । तसर्थ बहुमतको दाबी अरू कुनै सांसदले पुर्‍याउन नसक्दा ६ महिनाभित्र सम्पन्न गर्ने गरी निर्वाचन घोषणासहित प्रदेशसभा भंग हुनेछ । प्रदेशसभामा एमालेबाट २७, कांग्रेसबाट १५, माओवादी केन्द्रबाट १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे भने बिहीबार मतविभाजन हुँदा अनुपस्थित भए । उनले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन् । 

जनमोर्चाका तीनमध्ये दुई सांसदले बिहीबार विपक्षमा मतदान गरे । कृष्ण थापा तटस्थ रहे । मनाङेले साथ दिए भने कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्छ ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।