१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सञ्जुले यशस्वीलाई शतक लगाउन इशारा गरेका थिए तर…



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औं खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच खेलिएको थियो । बिहीबार कोलकाताको इडेन गार्डेनमा भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

ओपनर यशस्वी जैसवालको तीव्र ब्याटिङको आधारमा राजस्थानले १४ ओभर सकिनुअघि नै खेल जितेको थियो । यस खेलमा राजस्थान रोयल्सको जितको नायक यशस्वी जैसवाल बने ।

यस खेलमा यशस्वी जैसवालले आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाउँदै कीर्तिमान राखे । यशस्वीले १३ बलमा अर्धशतक पूरा गरे । यस खेलमा यशस्वी जैसवालले शतक पूरा गर्न नसकेपनि कप्तान सञ्जु सामसनले यशस्वीलाई शतक पूरा गराउन सक्दो प्रयास गरे । सञ्जुले शतक पूरा गर्न यशस्वी जैसवाललाई विशेष इशारा गरेका थिए ।

यो खेलमा राजस्थानलाई जितका लागि १५० रन आवश्यक थियो । पहिलो ओभरदेखि नै यशस्वी जैसवालले जसरी ब्याटिङ गरिरहेका थिए, त्यसबाट उनले शतक पूरा गर्नेछन् भन्ने लाग्थ्यो तर त्यसो भएन । राजस्थानले १२ ओभरको अन्त्यमा १४० रन बनाएको थियो भने यशस्वी जैसवाल ८९ रनमा खेल्दै थिए । कोलकाताका लागि सुयश शर्मा यसपछि अर्को ओभर बलिङ गर्न आए ।

आफ्नो ओभरको अन्तिम बलमा सञ्जु सामसन स्ट्राइकमा थिए । सुयश शर्माले अन्तिम बल लेग साइडमा राख्ने प्रयास गरे तर त्यसमा उनी सफल हुन सकेनन् र बल वाइडतर्फ गइरहेको थियो तर सञ्जुले रोके जसले गर्दा यशस्वी जैसवालले शतक पूरा गर्न सकुन् ।

त्यसपछि अर्को ओभरमा स्ट्राइक यशस्वी जैसवालको हातमा आयो । सञ्जु सामसनले नन स्ट्राइकर एन्डमा यशस्वी जैसवाललाई छक्का प्रहार गर्दै शतक पूरा गर्न संकेत गरे । तर, यशस्वीले छक्का प्रहार गरेनन् र चौका प्रहार गरी आफ्नो टोलीलाई जित दिलाए । यस खेलमा यशस्वी जसवाल ९८ रन बनाएर अविजित रहे ।

यो पनिः कुनै फिल्मी कथा भन्दा फरक छैन पानीपुरी बेच्ने यशस्वीको आईपीएल यात्रा