२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय सभामा प्रश्न: आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि किन जारी भएन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।

आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानी गर्न नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताउनु भयो । नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ । पक्राउ पूर्जि जारी भयो रे भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो । यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ । उनीहरुलाई यो सरकारले पक्राउ पूर्जि त जारी गरेको छ भन्ने सुनेको छैन ।’

‘अर्कोतिर प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको , के बोलेको ? कुन फिल्म देखाउनु हुन्छ । फिल्महरु हेर्दै जाने समय आएको छ । सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो । कुनैपनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन । हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो, कहाँ जानुभएको थियो । यस्ता बकवास यो सरकारले बन्द गरोस् ।’

उहाँले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गर्नुभयो ।