काठमाडौं । सबै सरकारी अस्पतालहरु र सरकारसँग सम्झौता गरेका ८६ वटा निजी अस्पतालहरुले कोभिड १९ बिरामीहरुलाई नि:शुल्क उपचार दिने भएको छ । यी सूचीकृत अस्पतालहरुमा कोभिड १९ का बिरामीहरुले उपचार गराउँदा अबकुनै शुल्क तिर्न नपर्ने भएको हो ।
आफ्नो नजिकैको अथवा आफुलाई सहज हुने कोभिड १९ सूचिकृत अस्पतालमा गई निशुल्क उपचार गर्न पाइनेछ । ८६ वटा निजी अस्पतालहरु मध्य कुन अस्पतालमा उपचार गरिन्छ भन्ने बारे जानकारी राख्न यी वेभसाइट हेर्न सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइट www/mohp.gov.np/en र राष्टिर्य स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको वेभसाइट www.nhiecc.gov.np मा गएर हेर्न सकिन्छ ।
यदि त्यस्ता सूचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ । साथै कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गरौँ ।
मापदण्डहरु :
- भौतिक दुरी कायम गरौँ ।
- मास्क लगाऔँ ।
- बेलाबेलामा साबुन पानीले हात धोऔँ ।