२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चिकित्शा शाष्त्रमा स्नातकोत्तरको भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन तोसिमाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्शा शाष्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नु भएको हो ।

सरकारले बढि अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उहाँले सरकारलाई सुझाव पनि दिनु भयो ।

सांसद कार्कीले भन्नु भयो, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो । तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ ।’

‘एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो । तर, यहाँ यस पटकको त्रुटीपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढि अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सृजना भएको छ । यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ । नियमावली र ऐनको ममलाई पनि यहाँ मिचिएको छ । तसर्थ, म यो समस्या राख्न मात्रै होइन समाधानका उपाय पनि दिन चाहन्छु । विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ । ऐन र नियमावलीको मर्मलाई समेटछ । र, अदालती आदेशको पनि सम्मान पुग्छ । तसर्थ, सभामुख महोदयमार्फत् म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाईयोस् ।’

सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पार्नु भयो । ‘’