एजेन्सी । ज्योतिषशास्त्रका अनुसार शनिलाई कर्म फलदाता मानिने गरिन्छ । सामान्यतय कुण्डलीको ग्रह नै तपाईको जीवनको खुशी वा दुखिको कारण बन्न सक्छ ।
ग्रहलाई प्रसन्न तथा नियन्त्रण गर्नका लागि मानिसले धेरै ध्यान दिनु पर्दछ । ज्योतिषीय ग्रन्थ जातक पारिजातको कालपुरुष सिद्धान्तका अनुसार कुण्डलीका ८ भाव खुट्टासँग हुने गदर्दछ । त्यसैले जुत्तामा पनि ८ भाव संवोधित गर्दछ ।
यदी कुण्डलीका ८ वटा भाव कमजोरी स्थितीमा भए मानिसले मृत्यु तुल्य कष्ट भोग्नु पर्दछ । त्यसैले जुत्ताको पनि मानिसको भाग्यसँग गहिरो सम्बन्ध रहेको हुन्छ ।
जानिराखौँ जुत्ता लगाउदा कुन कुरामा ध्यान दिने ?
१) यदी तपाईलाई कसैले उपहारमा जुत्ता दिएको छ भने त्यो जुत्ता तपाईले नलगानु भएकै राम्रो हुन्छ । त्यसबाहेक कुनै चोरेको जुत्ता लगाउनु पनि सही हुँदैन् ।
२) फाडेको वा चुडिएको जुत्ता चप्पल घरमा राख्नु वा लगाउनु पनि दुभाग्र्य हुन सक्छ। त्यसैले यस्तो गल्ती नगरेकै राम्रो ।
३) जुत्ता लगाउनु अघि तपाईले जुत्ताको रङ पनि ख्याल गर्नु पर्दछ। कालो जुत्ताको रङ शुभ मानिन्छ भने वर्क प्लेसमा ब्राउन वा ग्रीन कलरको जुत्ता लगाउनु अशुभ मानिने गर्दछ ।
४) चिकित्सा क्षेत्रमा काम गर्ने व्यक्ति पनि सेतो वा हरियो रंगको जुत्ताबाट बच्नु पर्दछ। किनकी यसमा बुध वा चन्द्रसँग जोडिएको दोष सामना गर्नु पर्दछ ।
५) पुजा पाठ वा आध्यात्मसँग जोडिएका व्यक्तिले पनि गोल्डेन कलरको जुत्ता नलगाउनु भएकै राम्रो । यसले तपाईलाई समस्यामा पार्न सक्छ ।
६) रातो, हरियो, वा पहेलो रङको जुत्ता नलगाउनुहोस्। किनकी ३ वटै मंगल, गुरु र बुधको रंग हुने गर्दछ। जसले जीवनको सही दिशा प्रदान गर्नमा समस्या पैदा गर्दछ ।