१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएल: पन्जाब र गुजरात खेल्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज बिहिबारको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

पन्जाब र गुजरात दुवैले यस सिजनको चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो। यस्तै, तेस्रो खेलमा गुजरात कोलकत्ता नाईटराईडर्ससँग पराजित भएको थियो ।

उता, पन्जाबले पहिलो खेलमा कोलकत्ता नाईटराईडर्स र दोस्रोमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने सनराईजर्स हैदराबादसँग पराजित भएको थियो ।

गुजरात अंक तालिकाको चौथो स्थानमा रहेको छ भने पन्जाब अंक तालिकाको छैटौं स्थानमा छ । आजको खेलको विजेता अंक तालिकाको तेस्रो स्थानमा उक्लनेछ।

अस्वस्थताका कारण यस अघिका तीन खेल गुमाएका पन्जाबका अलराउन्डर लियम लिभिङ्गस्टोन मोहालीले आजको खेल खेल्ने सम्भावना रहेको छ ।

यस्तै, कोलकत्ताविरुद्धको खेलमा टिममा नरहेका गुजरातका कप्तान हार्दिक पान्ड्याले पनि आजको खेल खेल्ने सम्भावना रहेको छ ।

गुजरात र पन्जाबबीच हालसम्म २ खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् ।