१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आँगनमै औषधि : हेर्दा सामान्य देखिने असुरो श्वास–प्रश्वाससम्बन्धी रोग देखि अन्य धेरैमा औषधि



अ+ अ-

काठमाडौं । केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागी नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो ।

हेर्दा सामान्य देखिने र जताततै पाइने जडीबुटी असुरो श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रुपमा प्रयोग गर्ने पुरानै चलन रहेछ । यसको पात, जरामा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेदमा उल्लेख छ । 

असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ । त्यसपछि मैले असुरोको बारेमा बुझ्न कोशिश गरेँ। असुरोका फाइदाका बारेमा धेरै जानकारी पाएँ । 

गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए । त्यसै गरी सुदूरपश्चिममा जाँदा त्यहाँका गाउँलेले असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा घोली खाँदा फाइदा हुने रहेछ । गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए ।

हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पात छायामा सुकाई राखेर उपयोग गर्न सकिन्छ । यसलाई पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा धेरै फाइदा गर्छ ।

असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारु भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ । 

असुरो एक झाडीदार वनस्पति हो । यसको पात ३ इन्चदेखि ८ इन्चसम्म लामो हुन्छ । असुरोमा सेतो रङ्गको पूmल फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । यो औषधिको रुपमा पनि प्रयोग हुन्छ । 

आयुर्वेदमा असुरोको प्रयोगको बारेमा लेखिएको छ “सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइ पनि कम गर्छ । असुरोले श्वास–प्रश्वास प्रणालीमा हुने समस्या कम गर्छ ।“ 

घाँटी खसखस हुँदा , चिसो लाग्दा पनि यसले फाइदा हुन्छ । कब्जियत भएकोलाई पनि असुरोको पात पकाएर खाँदा फाइदा गर्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरुमा राख्दा किरा लाग्दैन ।
 
कृषकहरुले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागतरुपमै असुरोको पातको प्रयोग गर्छन् । यसले जैविक मल र कीटनाशक औषधिको पनि काम गर्दछ । किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ । 

आयुर्वेदअनुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ । असुरोको पात उमालेर तातो पानीको बाफले धेरै फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ । एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ । 

तर असुरोको प्रयोग धेरै गर्दा रक्तचाप कम हुनसक्छ । क्याप्सुल खानेहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ ।