२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टेरामिक्स प्रविधि भित्राइएको प्रति कांग्रेस महामन्त्री थापाको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दूरसञ्चार प्राधिकरणले टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै महामन्त्री थापाले दूरसञ्चारसम्बन्धी कानून नबन्दै सबै सूचना नेपालबाहिर टर्की पुर्‍याउने गरी प्रविधि किन भित्र्याइयो भनी प्रश्न गर्नुभएको छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणले यससम्बन्धी कानुन बन्नुभन्दा पहिल्यै टेरामिक्स भन्ने प्रविधि भित्र्याएको छ । प्रविधि नै भित्र्याइसकेपछि अहिले हामी यससम्बन्धी कानूनमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “यो कार्यान्वयनमा जाँदैछ, तर अब हामीले फोन गर्दा, मेसेज गर्दा कसले कहाँबाट कुरा गर्दैछ रु कोसँग कुरा गर्दैछ रु यतिसम्म कि म्यासेजको कन्टेन्टसमेत नेपालमा होइन, विदेशमा पुग्दैछ ।”

उहाँका अनुसार फोनमार्फत सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्र्याउँदा नेपाललाई नोक्सानी हुन सक्छ ।

हामीलाई यस्तो आवश्यकता किन पर्‍यो रु यो निर्णय किन गरिदैछ रु म सरकारलाई सोध्न चाहन्छु”, उहाँले भन्नुभयो, “विधेयक आइसकेपछि यदि यस्तो प्रविधि चाहिएको भए त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, यसमा हतार किन गरिएको छ रु”