२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बञ्चरेडाँडामा फोहोर हेर्न संसदीय टोली पठाउन राजेन्द्र पाण्डेको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रहेको रुपमा फोहोर हेर्न संसदीय टोली पठाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गर्नुभयो ।

पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको भन्दै उहाँले एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ भन्ने हेर्नुपर्ने बताउनुभयो ।

“‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ”, सांसद पाण्डेले भन्नुभयो ।

स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको उहाँको भनाइ थियो । बञ्चरेडाँडा क्षेत्रमा चिल र गिद्धले फोहोरमा आउने मासुका टुक्रा नजिकका घरको छानामा लैजाने गरेको भन्दै पाण्डेले त्यस क्षेत्र हवाइ रुट पनि पर्ने हुनाले चराका कारण दुर्घटना हुन सक्ने खतरा रहेको बताउनुभयो ।