१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।