१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु



अ+ अ-

एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए ।

उक्त टोलीले मस्तिष्कमा क्षति पु¥याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो । ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए, तर तीमध्ये चार जना निको भएनन् र अन्य आठ जनामा समस्या देखिएको छ ।

आठजनामध्ये पाँच जनालाई गम्भीर नकारात्मक असर देखिएको र बेहोस भएको बताइएको छ ।

सर्वेक्षणका अनुसार लगभग आधा बिरामीमा भएको वेहोस, चेतनामा ह्रास आउनु र बोली वा व्यवहारमा आएको परिवर्तन मुख्य प्रारम्भिक लक्षणहरू थिए ।

सन् २०२२ को जनवरी वा त्यसपछि ओमिक्रन कोरोना भाइरसको लहर सामान्य भएपछि अधिकांश व्यक्तिले तीव्र तीब्र असन्तुलनको अनुभव गरेका थिए ।

सन् २०२२ भन्दा अघि र पछि मस्तिष्कमा लक्षण देखिएका कोभिड–१९ सङ्क्रमण भएका बालबालिकाको अनुपातमा भने कुनै उल्लेखनीय भिन्नता नदेखिएको र ओमिक्रनले मस्तिष्कको रोगलाई प्रकट हुने सम्भावना बढी बनाएको हुन सक्ने अध्ययनले देखाएको छ ।