
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले सिंहदबारमा आईजीपी कुँवरलाई बधाई दिनुभएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गरेको थियो । कुँवरले अब २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् ।
आईजिपी धिरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाउन लागेपछि सरकारले कुँवरलाई आईजीपिमा बढुवा गरेको हो । सिंहसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागका छन् ।