१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण



अ+ अ-

काठमाडौं । नेपाली  काँग्रेसको  १४ औं  महाधिवेशनको  मिति  नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण,  समूह  तथा  गुट–उपगुटको  क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा  नेतृत्वमा  स्थापित  हुन  पार्टीका  शीर्ष  नेताहरूले  सुरु  गरेको  राजनीतिक  सक्रियताले  पुराना  आन्तरिक  गुट  भत्कँदै  नयाँ  समीकरण  निर्माणतिर  अग्रसर हुन थालेको छ । 

पार्टी महाधिवेशन हुने  निधो  भएपछि  सभापति  शेरबहादुर  देउवाले  सभापतिमा  पुनः  दोहोरिने  घोषणा  गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू  गुट–उपगुटको  चियाचमेनामा  क्रियाशील हुन थालेका हुन् । 

सभापति  देउवाको  यसअघिको  समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी  बार्गेनिङका  रूपमा  मात्रै  हो  भन्नेहरू पनि छन् । 

यो  अवस्थामा  निधिबाहेक  देउवाले  आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला  तल  नझर्ने  विश्लेषण भीमसेनदास  प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो  चरणमा  कृष्णप्रसाद  सिटौला  र  दोस्रो  चरणमा  देउवा  नेतृत्वलाई  सभापति  बनाउनेमा पर्छन् । ऐतिहासिक  ुलिगेसी’  जोडिएका  तीन  जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा  पनि  बढ्न  थालेको  छ  ।

बीपी  कोइरालाका  पुत्र  महामन्त्री  डा.  शशाङ्क  कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह  र  नेता  महेन्द्रनारायण  निधिका  पुत्र  विमलेन्द्र  निधिबीच  शुक्रबार  कोइराला  निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि  निधिको  निवासमा  यसै  साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।