१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोना निको हुने दर ९२ प्रतिशत



अ+ अ-

काठमाडौं । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४  घण्टामा  थप  चार  हजार  ९१४  जना  सङ्क्रमित  निको  भएका  छन्  भने  दुई  हजार  १६  जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा  हालसम्म  छ  लाख  ६३  हजार  ८५७  जनालाई  कोरोना  पुष्टि  भएको  छ  भने  पाँच  लाख  ८१  हजार  ३२७ जना सङ्क्रमित निको भएका छन् । 

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार  ७०४  जनाको  पीसीआर  र  चार  हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । 

काठमाडौँमा  १८१,  भक्तपुरमा  २५  र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा  थप  २४९  जना  सङ्क्रमित  थपिएका  छन्  ।  यस्तै  देशभरका  कोरोना  अस्पतालका  आईसीयूमा  ७३४  र  भेन्टिलेटरमा  २२२  जना  सङ्क्रमित  उपचाररत  छन्  ।  

मन्त्रालयका  अनुसार  विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको  छ  ।  योसहित  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।