१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो ।

कारोना महामारीका कारण उत्पादन भएका कुखुरा नबिक्ला कि भन्ने डरले अहिले कतिपय किसानले खोर खाली नै राखेका छन् भने यसअघि विभिन्न जिल्लामा देखिएको रानिखेत रोगले गर्दा पनि किसानहरूमा केही त्रास छाएको छ । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले कुखुरा पालक किसान घटेपछि चल्ला उत्पादनसमेत घटाउनु परेको व्यवसायीहरूको भनाइ छ । सरोकारवालाहरूका अनुसार कोरोना महामारी, रानिखेत र बाढीपहिरोको प्रकोपका कारण अहिले ३० प्रतिशतजति कुखुरापालक किसानले कुखुरा पाल्न छाडेका छन् ।

नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोखरेलका अनुसार यसअघि ४२ देखि ४५ लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले यो परिमाण घटेर ३१ लाखमा झरेको छ । बाढीपहिरोका कारण विभिन्न जिल्लामा बाटोघाटो अवरुद्ध भएपछि किसानहरूले खोरमा नयाँ चल्ला हाल्न छाडेको उनले बताए ।

उत्पादनमा असर परेपछि त्यसको प्रत्यक्ष असर कुखुराको मासुको मूल्यमा परेको बताइएको छ । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार करीब १ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले ४० रुपैयाँले बढेर प्रतिकिलो ३ सय ३० रुपैयाँ कायम भएको छ । खुद्रा बजारमा भने यो मूल्य ३ सय ५० रुपैयाँसम्म रहेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।