१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ०१ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर रु एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रु २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको रु आठ करोड ३५ लाख ७१ हजार नौ सय ३३, हिमालयन डिस्टिलरीको रु चार करोड ४५ लाख ६३ हजार चार सय ७७, नबिल बैंकको रु तीन करोड ८४ लाख ६९ हजार दुई सय ३८ र शिवम् सिमेन्टको रु तीन करोड ७१ लाख ३९ हजार छ सय ३२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एशिएन हाइड्रोपावर नौ दशमलब ९७, सिद्धार्थ बैंक आठ दशमलब ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलब २१ र लिवर्टी इनर्जीकोे चार दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्त सात दशमलब ४६, सिर्जनशिल लघुवित्त छ दशमलब ८३, खप्तड लघुवित्त छ दशमलब शून्य दुई, शुभम पावर पाँच दशमलब ७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य पाँच दशमलब १२ प्रतिशतले घटेको छ । रासस