काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको हो ।
राष्ट्रपतिको लागि मतदान गर्न रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।