१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईंले ह्वात्तै बढ्यो संक्रमण



अ+ अ-

काठमाडौं । स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ ।पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ ।जसकारण भौतिक दूरी कायम हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य मापदण्ड पालना र आत्मानुशासन हुनसके संक्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

मन्त्रालयको तथ्यांकअनुसार गत आइतबार १ हजार ९ सय २० जनामा संक्रमण देखिएको थियो । सोमबार २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार २ हजार ६ सय ३६ जनामा संक्रमण देखियो । हिजो बुधबार देशभर थप २ हजार ८ सय ९२ जनामा पुष्टि भएको छ । क्रमिक रूपमा दैनिक संक्रमित संख्या बढ्दो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गरिएको छ । ७ हजार १ सय ८७ को पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।