१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जसपा विवादमा तात्यो निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।

आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।

‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि बढ्छ,’ प्रमुख आयुक्त थपलियाले बुधबार राजधानीसँग भने ।

आयोगमा उपेन्द्र यादव पक्षले गत ४ असारमा आधिकारिकता विवाद निरुपण गर्न माग गर्दै निवेदन दिएको थियो । जसमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ’ भनिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।