१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसमा  महाधिवेशनका  मतदाताका  रूपमा  रहने  क्रियाशील  सदस्यताको  विवाद  किनारा  लगाउन  निकै  सकस  भएकोे  छ  ।  गाउँ  तथा  नगरको  वडा  अधिवेशन  सुरु  हुन  तीन  साताको  हाराहारी  मात्र  समय  बाँकी  रहे  पनि  पार्टीको  क्रियाशील  सदस्यता   विवाद   अझै   मिल्ने   स्थिति  देखिएको  छैन  । 

पार्टीका  प्रभावशाली  नेताहरूले  नै  यसलाई  आफ्नो  हारजितसित  जोडेपछि  एक  दर्जनभन्दा  बढी  जिल्लामा  अझै  क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद  पाँच  सयभन्दा बढी  वडामा अझै कायमै छ ।

काँग्रेसका केन्द्रीय सदस्य  अर्जुननरसिंह  केसी  पार्टीका  लागि क्रियाशील सदस्यताको विवाद मिलाएर  १४औँ  महाधिवेशन  सम्पन्न  गर्ने  कुरा  निकै  सकस  र  चुनौतीपूर्ण  भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९  गतेभित्र  पार्टीको  महाधिवेशन  सम्पन्न  गर्नैपर्ने  बाध्यता  काँग्रेसलाई  छ  तर  पार्टीका  मतदाता  क्रियाशील  सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन ।

अझै पनि काठमाडौँ, नुवाकोट, चितवन,  मोरङ,  सुनसरी,  कैलाली,  सुर्खेत,  काभ्रेपलाञ्चोक,  स्याङ्जा,  सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।