२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय



अ+ अ-

काठमाडौं। नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ ।

शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा सो निर्णय भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रश्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सहयोग गरौँ भनेर प्रश्ताव गर्नुभयो । त्यसमा ८ दलले नेपाली काँग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’

बैठकमा उपस्थित काँग्रेस सहितिका ८ दलहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भए