१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?



अ+ अ-

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा (पहिलो र दोस्रो) लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।