१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपचारका क्रममा सांसद चन्द्र भण्डारीकी आमाको निधन



अ+ अ-

काठमाडौँ । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारका अनुसार आज बिहान १०ः५७ मा उहाँको निधन भएको हो । उहाँ ८९ वर्षको हुनुहुन्थ्यो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा आमासँगै सांसद भण्डारी गम्भीर घाइते हुनुभएको थियो । सांसद भण्डारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उहाँलाई भारत लैजाने तयारी भइरहेको छ ।

यसैबीच नेता भण्डारकिो स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागिएको जानकारी दिनुभएको छ ।

चिकित्सकको सल्लाहअनुसार भारतमा उहाँको उपचार गराउँदा स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि नेता भण्डारीले भने यहीँ उपचार गर्न पाए हुने इच्छा व्यक्त गर्नुभएको मन्त्री गिरीले बताउनुभयो ।

चिकित्सकका अनुसार सांसद भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । श्वास नलीबाट धुवाँ गएकाले फोक्सोमा असर पुगेको हुनसक्ने भन्दै चिकित्सकहरुले त्यसको असर अझै तीन चारदिन बढी देखिने छ ।