१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मल ल्याउन नसक्ने कम्पनी कालोसूचीमा



अ+ अ-

काठमाडौँ । सरकारले समयमै रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशन गरेर दुवै कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न लेखी पठाएपछि कार्यालयले दुईदुई वर्षका लागि कालोसुचीमा राखेको हो । सस्तोमा ठेक्का पारेका यी कम्पनीले मल आयात नै गरेनन् । मल आयात नहुँदा रोपाइँको मुखमै मलको चरम अभाव भएको थियो । त्यसपछि कृषि सामग्रीले ठेक्का रद्द गरी धरौटीसमेत जफत गरेको थियो ।

शैलुङले चीन, रसिया, साउदीलगायत मुलुकबाट आयात गर्ने सहमति गरेको थियो । ३० हजार टन युरियाबाहेक शैलुङले तेस्रो ठेक्काअन्तर्गत २५ हजार टन मल आयात गर्ने सम्झैता गरेको थियो । शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्  । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

मुक्तिनाथ कृषि कम्पनीले पनि ३२ हजार टन युरिया र २० हजार टन डीएपी मल आयात गर्ने ठेक्का सम्झैता गरेको थियो । नेपाली कम्पनीहरूको व्यवस्थापन पक्ष कमजोर हुँदा आयातमा ढिलाइ भइरहेको कृषि कम्पनीको दाबी छ । कान्तिपुर दैनिक