१२ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दोस्रो बलमै विकेट लिएपछि भावुक बने सन्दिप



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धके खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङ गर्ने मौका पाएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे।

पाँच महिनापछि मैदान फर्किएका सन्दीपले आफ्नो दोस्रो बलमै विकेट लिएपछि भावुक बनेका हुन् ।सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाका माइकल भान लिगेन २५ र जेरार्ड इरास्मस एक रनमा क्रिजमा छन् ।

ओडिआईमा नामिबियाविरुद्धको खेलमा नेपालले चार खेल खेल्दा तीन हार बेहोरेको छ भने एक खेलमा वर्षाको कारण रद्ध भएके थियो । नेपालले पहिलो पटक नामिबियालाई हराउन चाहन्छ ।

नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव बाँकी १२ खेल खेल्नेछ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ ।