१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महिलामा मात्र देखिने केहि प्राणघातक रोगहरू यस्ता छन्, पुरा पढ्नुहोस्



अ+ अ-

एजेन्सी । रोगले धनी(गरिब भन्दैन । सानो(ठूलो भन्दैन । महिला(पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ ।

यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने किसिमका हुन्छन् । अतः यहाँ महिलालाई बढी सताउने रोगबारे चर्चा गरिएको छ । जस्तो कि मुटु रोग, स्तन क्यान्सर, ओस्टियोपोरोसिस, तनाव तथा अटो इम्युन डिजिज ।

मुटु रोग

आज मुटु सम्बन्धी रोगकै कारण कयौ महिलाहरुले अकालमा ज्यान गुमाउन पुगेका छन् । कयौ विकलांग हुन पुगेका छन् । मुटु सम्बन्धी रोगकै कारण कयौ महिला सिढी चढ्न, ओर्लन असर्मथ हुने, सास लिन कठिनाई हुने समस्या भोग्दै आएका छन् ।

मुटु सम्बन्धि रोगमा पनि कोलोनरी मुटु रोग सबैभन्दा घातक हो । त्यसबाहेक पनि यस्ता अन्य धेरै रोग छन्, जसले महिलाहरुको शरीरमा नकारात्मक प्रभाव पार्छ ।

स्तन क्यान्सर

स्तन क्यान्सर महिलाहरुमा हुने क्यान्सर मध्यको प्रमुख हो । नेपालमा करिब चार प्रतिशत पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिएको छ । तर जनचेतनाको कमी तथा भयका कारण महिलाहरु महिलाहरु स्तन क्यान्सरको जाँचको लागि समयमै अस्पताल जाँदैनन्।

जसले गर्दा उनीहरुमा स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । समयमै उपचार गरेको खण्डमा स्तन क्यान्सको उपचार सम्भव छ । यसको लागि समयमै स्तनको स्क्रिनिङ्ग जरुरी छ ।

ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिस रोगले पनि मानिसहरुलाई बेलाबेलामा तर्साउने गर्छ । महिलाहरुमा चालीस वर्षको उमेर पछि ओस्टियोपोरोसिस रोग देखिन सुरु गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो । ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिन सक्छ । यसले हड्डीलाई यति धेरै कमजोर बनाइदिन्छ कि साधारण चोटपटक लागेमा पनि हड्डी भाँचिने सम्भावना उच्च हुन्छ ।

ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।

तनाव

पुरुषको तुलनामा महिलालाई तनावको समस्या अत्याधिक मात्रामा हुन्छ । प्रत्येक वर्ष करिब १२ करोड महिला तनावको शिकार हुन्छन् । हर्मोन सम्बन्धि बदलावका कारण पनि महिलाहरुमा तनाव उत्पन्न हुनसक्छ । त्यस्तै, सामाजिक र मानसिक कारणले पनि मानिसलाई तनाव हुनसक्छ ।

अत्याधिक तनाव भएमा मानिस अस्वस्थ हुन सक्छ । यसले मानिसको वृद्धिविकासमै अवरोध खडा गर्न सक्छ । त्यसैले, तनावलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरा व्यक्तिमा निर्भर गर्छ ।

अटोइम्युन डिजिज

अटोइम्युन डिजिज त्यस्तो विरामी हो, जसले शरीरको इम्युन सिस्टमले शरीरलाई नै आक्रमण गरी शरीरका टिष्युलाई नष्ट पारिदिन्छ । अटोइम्युन डिजिज भएमा यसले लुपस, मल्टिपल स्केलेरोसिस, अमधुमेह लगायत अस्सी भन्दा बढी प्रकारका घातक समस्या निम्त्याउने गर्छ । भनिन्छ, ७५ प्रतिशत भन्दा बढी अटोइम्यून रोग महिलामा पाइने गर्छ ।

यद्यपी, यो रोगबारे अझै पनि धेरै महिला अनविज्ञ छन् । त्यसैले, यसको जोखिमबारे धेरैलाई जानकारी नहुनस सक्छ ।

किनकी यसको लक्षण खासै देखिदैन । यद्यपी, समयमै उपचार गरे यो रोगले निम्त्याउने अन्य रोगबाट सजिलै बच्न सकिन्छ । यदी तपाईंमा पनि यस्तै कुनै रोग देखिएको छ भने तुरुन्तै चिकित्सकसित परामर्श गर्न जरुरी छ । अन्यथा, यसले जटिल समस्या निम्त्याउन सक्छ ।

केहि सम्बन्धित थप जानकारी,

पाठेघरको क्यान्सर के हो ? कारण, लक्षण र रोकथाम

पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।

४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन्। महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ ।

पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ । हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो । संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्षित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ ।

समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ । हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ ।

सामान्य लक्षणहरू:

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई(तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि।

१) रजोनिवृत्ति भइसकेपछि रक्तश्राव हुनु।

२) यौन सम्पर्कको समयमा बढी पीडा हुनु।

३) तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरिएजस्तो हुनु।

४) मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।

५) शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु।

६) लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु।

पाठेघरको क्यान्सरको अवस्था

पहिलो अवस्था क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

दोस्रो अवस्था पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

तेस्रो अवस्था क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

चौथो अवस्था क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

कारणरकारक तत्त्वहरू: 

वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन्

१) लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा ।

२) मोटोपना शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ ।

३) पारविारकि इतिहास आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा ।

४) कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा ।

५) महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा ।

६) स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा ।

७) स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा ।

८) पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा ।

९) मधुमेह तथा उच्च रक्तचाप भएमा ।

१०) तल्लो पेटमा बारम्बार विकिरण (एक्स रे औषधी०को प्रयोग भएमा ।

११) धेरै धुम्रपान गर्ने महिलाहरूमा ।

१२) ह्युमन पापिलोमा भाइरस, एचआईभीरएड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा ।

१३) पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा ।

१४) एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा ।

रोकथाम

  • नियमित स्वास्थ्य परीक्षण गर्ने ।
  • तौल घटाउने ।
  • सन्तुलित आहारको सेवन गर्ने ।
  • कम चिल्लो र बढी रेसायुक्त खाना खाने ।
  • धुम्रपान नगर्ने ।
  • नियमित व्यायाम गर्ने ।
  • तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।
  • स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने ।
  • अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने ।
  • चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने ।

यस्तो छ पाठेघर बाहिर बच्चा बस्नुको कारण, यसको लक्षण र उपचार

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक ९तीन तीन महिनाको फरकमा० चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा पनि बस्नसक्छ ।

यो अवस्था किन खतरनाक ?

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

कारण

१) पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएको छ भने

२) ट्युबको पहिला शल्यक्रिया भएको छ भने

३) बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने

४) पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए

५) कपर टीको प्रयोगले

लक्षणहरू

१) महिनावारी रोकिने

२) पेट दुख्ने

३) योनीबाट रगत जाने

४) वाकवाक लाग्ने

५) बेहोस हुने

पत्ता लगाउन गर्नुपर्ने जाँचहरू

१) पिसाबको टेस्ट । यसले गर्व छ वा छैन भन्ने थाहा हुन्छ

२) पेटको भिडियो एक्सरे

३) रगतको एचसिजी हार्मोनको टेस्ट

उपचार

१) गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ

२) गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र टेस्ट रिपोर्ट हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि उपचार गर्न सकिन्छ । मेथोट्रेक्जेट नामक औषधि प्रयोग गर्न सकिन्छ ।

३) महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हो किनभने यसमा दुई जीवनको सवाल हुन्छ, बच्चा र आमाको । त्यसकारण गर्भावस्थामा कम्तीमा तीन पटक (तीन तीन महिनाको फरकमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।