१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले एकताको भाका आज



अ+ अ-

काठमाडौं । एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ।  कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुन्छ’, नेता नेम्बाङले भने।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले सहमतिको अन्तिम बिन्दुमा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने बताए। ‘विभिन्न विषयवस्तुमा छलफल गर्‍यौं। अब अन्तिम बिन्दुमा छौं’, नेता रावलले भने, ‘छिट्टै निष्कर्षमा पुर्७शधवसयाउँछौं।’  कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार अन्तिम निष्कर्षमा पुग्ने बताए। नेता विष्टले भने, ‘आइतबारका दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ।’

नेता नेम्बाङले मिल्न बाँकी भाषागत विषयसमेत मिलिसकेको बताए। तीन वर्षदेखिको विवाद मिलाउन धेरै मिहिनेत गरेको नेता नेम्बाङको भनाइ छ। ‘तीन वर्षदेखि विवाद थियो। यत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं’, नेता नेम्बाङले भने, ‘सबै विषय टुंग्याएका छौं। भाषा पनि मिलिसकेको छ।’

एकता दस्तावेजको भाषा मिलाउन कार्यदललाई हम्मेहम्मे भएको छ। सहमतिका भाषा मिलाउन नै कार्यदलले निक्कै कसरत गर्नुपरेको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।