१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ठमेल क्षेत्र अझै सुनसान



अ+ अ-

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् ।

पर्यटक आए मात्र चल्ने ठमेलको व्यवसायमा दिनको समय केही साना होटेलले टेकअवे सेवा दिइरहेको भए पनि रात्रिकालीन व्यवसाय शून्य नै रहेको छ । यसअघि ठमेल क्षेत्रमा सामान्य अवस्थामा पर्यटक आउने सिजनको बेला दैनिक करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने गथ्र्यो भने अफ सिजनमा दैनिक १० करोड रुपैयाँ जतिको कारोबार हुने गर्थ्यो ।

नेपालमा कोरोना महामारी शुरू भएयता व्यापारमा गिरावट आएसँगै अहिलेको यस्तो अवस्थाले यस क्षेत्रका अधिकांश व्यापारी पलायनको बाटोमा पुगेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार गतवर्ष पनि महामारीका कारण व्यवसाय पूर्णरूपमा ठप्प हुँदा घरभाडा, बिजुलीको बिल र बैंकको ऋण तथा ब्याज तिर्नै मुस्किल भएपछि यस क्षेत्रका करीब ७ सयभन्दा बढी व्यापारीहरूले आफूले गर्दै आएको व्यापार व्यवसाय छाडेका थिए ।

ठमेल, पकनाजोल, क्षेत्रपाटी, कालधारा, नरदेवीलगायतका स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यावसायी रहेका छन् । यो समाचार आजको आर्थिक अभिायन दैनिकमा छ ।